News Summary
Generated by OK AI. Editorially reviewed.- इरानले काजखस्तानलाई ३-१ सेटले पराजित गर्दै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
- तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग ३-१ सेटले पराजित हुँदै आयोजक नेपाल प्रतियोगितामा पदकविहीन बनेको छ ।
- प्रतियोगितामा अपराजित रहेको इरानले फाइनलमा केवल एक सेट गुमाएर उपाधि रक्षा गर्दै आफ्नो वर्चस्व कायम गरेको छ ।
१५ जेठ, काठमाडौं । इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो । इरानले पहिलो सेट २५-१८ ले जित्दै खेलमा अग्रता बनाएको थियो ।
काजखस्तानले दोस्रो सेट २५-१९ ले जितेर खेलमा पुनरागमन गरेको थियो । तेस्रो सेट इरानले २५-१५ ले सहजै आफ्नो पक्षमा पार्दै २-१ को अग्रता बनायो । चाैथो सेट इरानले २५-२१ ले जपत्दै उपाधि जित्यो ।
इरानले यसअघि २०२५ अक्टोबरमा उज्वेकिस्तानमा भएको दोस्रो संस्करणको उपाधि पनि जितेको थियो ।
सन् २०२४ मा काठमाडौंबाट सुरु भएको यस प्रतियोगपताको पहिलो संस्करणमा तेस्रो स्थानमा सिमित भएको इरानले त्यसपछिको दुई संस्करण अपराजित रहँदै उपाधि जितेर सेन्ट्रल एसियामा आफ्नो प्रभुत्व कायम राखेको छ ।
इरानले यस पटक प्रतियोगितामा कूल ५ खेल्दा अपराजित रह्यो । कूल १५ सेट जित्दा इरानले फाईनलमा एक सेट मात्र गुमाएको थियो ।
इरानले उपाधि दाबेदार अर्को टोली काजखस्तानलाई एकै प्रतियोगितामा दोस्रो पटक पराजित गरेको हो । यसअघि समूह चरणमा इरानले काजखस्तानलाई सोझो सेटमा पराजित गरेको थियो । सेमिफाईनलमा इरानले घरेलु टोली नेपाल र काजखस्तानले सन् २०२४ को विजेता भारतलाई समान ३-० सेटमा हराएर फाईनल पुगेका थिए ।
फाईनलमा काजखस्तान समूह चरणको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रेको थियो । तर इरानले आफ्नो च्याम्पियन शैलीलाई कायम राख्दै प्रतियोगपताको उपाधि रक्षा गरेको हो । एफआईभिबीको विश्व वरियता प्राप्त प्रतियोगसता भएकोले ईरानले उपाधि जित्दै वरियतामा पनि सुधार गरेको छ ।
इरान र काजखस्तान दुवै टोली एभिसी कप खेल्ने तयारीमा रहेकोले दुवैका लागि यो तयारी प्रतियोगिताको रुपमा रह्यो । संयोगवस एभिसी कपमा यी दुई टोली एकै समूहमा छन् । फिलिपिन्सको कान्डोनमा जुन ६ देखि १४ सम्म हुने प्रतियोगितामा इरान र काजखस्तान समूह बीमा छन् । यश समूहमा भियतनाम, इन्डोनेसिया, हङकङ र लेवनान पनि छन् ।
समूह ए मा फिलिपिन्स, चाईनिज ताईपेई, दक्षिण कोरिया, किर्गिस्तान, अस्ट्रेलिया र उज्वेकिस्तान छन् ।
नेपाल पदकविहीन
घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको नेपाल भने यस पटक पदकविहीन बन्यो । शुक्रबारै तेस्रो स्थानको लागि भएको खेलमा नेपाल चिरपरिचित प्रतिद्वन्दी भारतसँग ३-१ ले पराजित भयो ।
८ टोली सहभागी च्याम्पियनसिपमा भारत तेस्रो हुँदा नेपाल चाैथो स्थानमा रह्यो ।
भारतले नेपाललाई २५-२२, २५-२३, १५-२५, २५-२२ ले पराजित गरेको हो । नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले नयाँ खेलाडीहरु।समावेश रहेको नेपालका लागि यस प्रतियोगिता अनुभवी टिमसँग खेल्ने र सिक्ने अवसरको रुपमा रहेको बताए ।
प्रतिक्रिया 4