+

साफ महिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

२०८३ जेठ  १७ गते १९:४० २०८३ जेठ १७ गते १९:४०
साफ महिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
  • पहिलो खेलमा भुटानलाई हराएको नेपाल लगातार दोस्रो जितसँगै समूह 'ए' को विजेता बनेको हो ।
  • नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको टुङ्गो आज हुने भारत र बंगलादेशबीचको खेलपछि लाग्नेछ ।

१७ जेठ, काठमाडौं । श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जितपछि नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल पुगेको हो । पहिलो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको थियो ।

गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भएको खेलमा नेपालका लागि रश्मि कुमारी घिसिङ र कप्तान कार्यवाहक रेनुका नगरकोटेले गोल गरिन् । रश्मिले पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । कप्तान एन्जिला तुम्बापो पहिलो रोजाईँमा नखेल्दा आर्मब्यान्ड लगाएकी रेनुकाले ६२औं मिनेटमा गोल गरिन् । रेनुकाले नेपालको पहिलो पहिलो पटक गोल गरेकी हुन् ।

नेपालले अब समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ ।

समूह बी अन्तर्गत आज‌ हुने भारत र बंगलादेशबीचको खेलपछि नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी टुङ्गो लाग्नेछ ।

आजको खेलमा नेपालका लागि बिर्सना चौधरीले डेब्यू पनि गरिन् ।

नेपाली महिला फुटबल टोली साफ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय