+
+
Shares

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १८ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यार्थी संघले सीमा विवादबारे प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिको विरोधमा सिंहदरबारको दक्षिणी गेट अगाडि प्रदर्शन गरेको छ ।
  • प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतीय भूमि मिचेको पाइएको बताएपछि सो अभिव्यक्तिको विरोध भएको हो ।

१८ जेठ, काठमाडौं । सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले राखेका प्रश्नको उत्तर दिने क्रममा नेपालले पनि भारतीय भूमि मिचेको पाइएको बताएका थिए ।

उक्त अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै उनीहरूले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नेविसंघका नेताहरू राजकुमार बस्नेत, गौरव पाण्डे, मोहन कालाथोकी, दिनेश कार्की लगायत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?