News Summary
Generated by OK AI. Editorially reviewed.- सुर्खेतको वीरेन्द्रनगरस्थित बीच बजारमा रहेको श्यामसुन्दर अग्रवालको बालाजी वस्त्रालयमा प्रहरीले सोमबार बेलुका छापा मारेको छ ।
- अग्रवालले लामो समयदेखि नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा साट्ने र सुनका गरगहना धरौटी राख्ने कार्य गर्दै आएका थिए ।
- पसलबाट प्रहरीले केही नगद र सुनसहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
१८ जेठ, सुर्खेत । सुर्खेतका व्यापारी श्यामसुन्दर अग्रवालको पसलमा प्रहरीले छापा मारेको छ ।
वीरेन्द्रनगर नगरपालिका–६, स्थित बीच बजारमा रहेको उनको पसलमा सोमबार बेलुका प्रहरीले छापा हानेको हो ।
श्यामसुन्दरले बीच बजारको वीरेन्द्र चोक नजिक बालाजी वस्त्रालय सञ्चालन गर्दै आएका छन् ।
उनले लामो समयदेखि नेपाली रुपैयाँ (नेरु) लाई भारतीय रुपैयाँ (भारु) मा साट्ने र सुनका गरगहना धरौटी राख्ने गर्दै आएका थिए ।
उनले पैसा साटेको र गहना धरौटी राखेबापत केही निश्चित रकम लिने गरेको प्रहरीले जनाएको छ ।
उनको पसलबाट प्रहरीले केही नगद र सुन सहित एक जनालाई नियन्त्रणमा समेत लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यसबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4