+
+
Shares

कांग्रेसले छाया सरकार बनाएको भन्नु गलत : भीष्मराज आङ्देम्बे

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते ११:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले ‘छाया मन्त्रिपरिषद्’ गठन नगरेको स्पष्ट पारे ।
  • संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू मात्र तोकिएको उनले उल्लेख गरे ।
  • आङ्देम्बेले भने, “हामीले बनाएको छाया सरकार होइन । संसदीय दलको विधानअनुसार विषयगत समिति संयोजक तोकिएको हो ।”

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले ‘छाया मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन् ।

कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको भन्दै उनले त्यसलाई छाया सरकार वा छाया मन्त्रिपरिषद् भन्न नमिल्ने बताए ।

आङ्देम्बेका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन ।

उनले पहिले नेपाली राजनीतिमा ‘छाया सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कांग्रेसले त्यस्तो संरचना नबनाएको स्पष्ट पारे ।

उनले भने, ‘हामीले बनाएको छाया सरकार होइन । संसदीय दलको विधानअनुसार विषयगत समिति संयोजक तोकिएको हो । पहिले छाया सरकार भन्थे, अहिले त्यस्तो होइन ।’

कांग्रेसले छाया सरकार बनाएको भनेर समाचारहरू सार्वजनिक भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?