+
+
Shares

इनास मेरिल्यान्डको आयोजनामा ‘बालप्रतिभा २०२६’ कार्यक्रम सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १३:०९
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको बाल्टिमोरमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज मेरिल्यान्डको आयोजनामा ‘दोस्रो बालप्रतिभा २०२६’ कार्यक्रम सम्पन्न भएको छ ।
  • प्रतियोगितामा नृत्यतर्फ प्रतिष्ठा ढकाल, गायनतर्फ आर्शिभ खनाल र वक्तृत्वकलातर्फ कृपा ढकाल विजेता घोषित भए ।
  • प्रवासी नेपाली बालबालिकामाझ नेपाली भाषा, कला र संस्कृतिको पुस्तान्तरण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

बाल्टिमोर (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) मेरिल्यान्डको आयोजनामा ‘दोस्रो बालप्रतिभा २०२६’ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । सो अवसरमा कार्यवाहक नेपाली राजदूत शरदराज आरण, नेपाली सेनाका ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल लगायत सहभागी थिए ।

कार्यक्रममा नेपालीमूलका बालबालिकाले आकर्षक नृत्य, गायन र वक्तृत्वकला पस्किएर उपस्थित सबैलाई मन्त्रमुग्ध तुल्याए । कार्यक्रममा सहभागी सबै बालबालिकालाई नेपाली झण्डासहित प्रमाणपत्र तथा ५० डलर नगद प्रदान गरिएको थियो ।

उत्कृष्ट दशमा स्थान बनाउने प्रतिभालाई १०० डलर तथा प्रत्येक विधाका विजेतालाई ५०० डलर पुरस्कार प्रदान गरियो । कार्यक्रममा प्रतिष्ठा ढकाल नृत्य विजेता, आर्शिभ खनाल गायन विजेता र कृपा ढकाल नेपाली भाषा वक्तृत्वकला विजेता घोषित भए ।

निसिजा गर्बुजा, राइम केसी, सृजिता तामाङ, शिवानी रामदाम, जिज्ञासा केसी, सोनिया बराइली, एन्से मगर, समृद्धि पाथादेउली, संगीत पहारी र मिरन लिम्बुले उत्कृष्ट १० मा स्थान बनाए । निर्णायकमा कलाकार पूजा चन्द, सारंगा श्रेष्ठ, उषा पौडेल, सञ्जीव प्रधान, भगवान भण्डारी, सुनिता बस्नेत रानी शाक्य र नीर थापा थिए ।

संस्थापक संरक्षक अनु वन्त श्रेष्ठ, संस्थापक श्याम गुरुङ, संस्थाका उपाध्यक्ष राजु ढुंगेल, उपाध्यक्ष खिम मस्रांगी, कोषाध्यक्ष स्वरूपा राईली, सचिव रुबी पौडेल, प्रकाश कँडेल, विजय गुरूङ, सल्लाहाकार प्रवीण भण्डारी, सल्लाहाकार निलम गाउँले, गायिका कल्पना देवकोटा, पर्यटक राजदूत राजु पराजुली, एनआरएनए नेपाली संघ मेरिल्यान्डका अध्यक्ष बाबुराम भट्टराई, बानाका ट्रस्टी अध्यक्ष प्रभु थापा, बाना अध्यक्ष जितेन गुरूङ, मेरिल्यान्ड वासी डेलीगेट उमेदवार सहित्यकार सतिश चापागाईं लगायत सहभागी थिए ।

इनास मेरिल्याण्डकी अध्यक्ष शान्ति भण्डारीका अनुसार कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न भयो । संस्थापक सल्लाहकार अमर छन्त्याल कार्यक्रम राम्रोसँग सम्पन्न भएकोमा खुसी देखिए । संगीतकर्मी लक्ष्मण पौडेलले व्यवस्थापनमा सघाएका थिए । कार्यक्रम संयोजकको रुपमा इनास मेरिल्यान्डका प्रवक्ता समेत रहेका सुशील पंगेनी थिए ।

कार्यक्रममा मेरिल्यान्ड राज्यका डेलिगेट ह्यारी भण्डारी र खेम क्षेत्री विशेष अतिथिका रूपमा सहभागी रहे । इनास उत्तर अमेरिका क्षेत्रीय संयोजक राहुल केसी, सह-संयोजक दिनेश कार्की, इनास अमेरिका अध्यक्ष सृजन ताम्राकार, उपाध्यक्ष गोपालचन्द्र लामिछाने, कोषाध्यक्ष मनीष शर्मा,सदस्य राजु केसी तथा इनास भर्जिनियाका अध्यक्ष विश्व पौडेल लगायतको उपस्थिति थियो ।

कार्यक्रम प्रस्तोताको रुपमा अमृता नेपाल थिइन् ।  प्रवासी नेपाली समुदायबीच नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले बालबालिकामा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै नेपाली पहिचानप्रतिको अपनत्वलाई थप मजबुत बनाएको सहभागीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?