+

लंका प्रिमियर लिगमा ‘इम्प्याक्ट प्लेयर’ नियम लागू हुने

२०८३ जेठ  १९ गते ११:४१ २०८३ जेठ १९ गते ११:४१
लंका प्रिमियर लिगमा ‘इम्प्याक्ट प्लेयर’ नियम लागू हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाको लंका प्रिमियर लिग २०२६ मा पहिलो पटक ‘इम्प्याक्ट प्लेयर’ र कम्तीमा एक जना २३ वर्षमुनिका खेलाडी मैदानमा राख्नुपर्ने नियम लागू हुने भएको छ ।
  • सोमबार सम्पन्न लंका प्रिमियर लिगको ड्राफ्टबाट नेपाली खेलाडीहरू सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल विभिन्न टोलीमा अनुबन्ध भएका छन् ।
  • आगामी प्रतियोगिताका लागि लंका प्रिमियर लिगका पाँचमध्ये चार टोली नयाँ मालिक र प्रशिक्षकसहित नयाँ नाममा मैदान उत्रिने भएका छन् ।

१९ जेठ, काठमाडौं । श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) २०२६ मा पहिलो पटक ‘इम्प्याक्ट प्लेयर’ नियम लागू हुने भएको छ । साथै प्रत्येक टोलीले खेलभर कम्तीमा एक जना २३ वर्षमुनिका खेलाडीलाई मैदानमा राख्नुपर्ने नयाँ व्यवस्था पनि लागू गरिएको छ ।

इम्प्याक्ट प्लेयर हाल भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लागू हुँदै आएको छ । यसमा टिमले एक खेलाडीलाई प्रतिस्थापन गरेर अर्को खेलाडीलाई खेलाउन पाउने प्रावधान रहन्छ ।

सोमबार कोलम्बोमा सम्पन्न एलपीएल ड्राफ्टमा यी दुई नियम टोली छनोटका प्रमुख विषय बने । अब इम्प्याक्ट खेलाडी प्रयोग गरेपछि पनि टोलीमा एक जना २३ वर्षमुनिका खेलाडी अनिवार्य रूपमा मैदानमा हुनुपर्नेछ ।

यसका कारण फ्रेन्चाइजहरूले टोली निर्माण गर्दा अनुभवी र युवा खेलाडीबीच सन्तुलन मिलाउनुपर्ने अवस्था आएको छ । श्रीलंकाका धेरै यू–१९ खेलाडी जुलाईमा भारतविरुद्धको शृंखलाका कारण उपलब्ध नहुने भएकाले युवा खेलाडीको विकल्प पनि सीमित रहेको बताइएको छ ।

ड्राफ्टबाट तीन नेपाली खेलाडी समेत अनुबन्ध भएका छन् । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एससी जफना किङ्स तथा कुशल भुर्तेल कोलोम्बो क्याप्समा अनुबन्ध भए ।

ड्राफ्टका क्रममा श्रीलंकाका ओपनर पथुम निसान्का र तीव्र गतिका बलर मथिसा पथिराना चोटग्रस्त रहेको जानकारी पनि सार्वजनिक गरिएको थियो ।

एलपीएलका पाँच टोलीमध्ये चार टोली नयाँ मालिक र प्रशिक्षकसहित मैदान उत्रिने भएका छन् । जाफ्ना अब एससी जाफ्ना किंग्स, गालेको टोली गाले ग्यालेन्ट्स, क्यान्डीको क्यान्डी रोयल्स र कोलम्बोको टोली कोलम्बो क्याप्सका नामले प्रतिस्पर्धा गर्नेछन् । डाम्बुला सिक्सर्स भने पुरानै नाममा रहनेछ ।

ड्राफ्टमा प्रत्येक टोलीले कम्तीमा १८ खेलाडी समावेश गर्नुपर्ने व्यवस्था थियो । आवश्यक परे थप दुई खेलाडी लिन सकिने विकल्प पनि दिइएको थियो ।

लंका प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय