+
+
Shares

अञ्जनीकुमार पोखरेल सशस्त्रको एआईजीमा बढुवा

उनलाई गत जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको छ ।
  • गृह मन्त्रालयको सिफारिशमा उनलाई गत जेठ ५ गते बढुवा समितिले अतिरिक्त महानिरीक्षक पदका लागि सिफारिश गरेको थियो ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सो बढुवाबारे जानकारी दिनुभयो ।

१९ जेठ, काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए ।

उनलाई गत जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

गृह मन्त्रालयको सिफारिसमा आज बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?