+
+
Shares

कार्की आयोग प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको म्याद ४५ दिन थप

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १३:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित समितिको कार्यअवधि ४५ दिन थपेको छ ।
  • पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा गठित सो समितिमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुबोध अधिकारी र टेकप्रसाद राई सदस्य हुनुहुन्छ ।
  • सरकारले गत २ वैशाखको मन्त्रिपरिषद् बैठकबाट प्रदर्शनका क्रममा भएका घटनाको सुरक्षा संयन्त्रबारे अध्ययन गर्न सो समिति गठन गरेको थियो ।

१९ जेठ, काठमाडौं । सरकारले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे अध्ययन गर्न गठित अध्ययन समितिको कार्यअवधि थप गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने,’ मंगलबारको निर्णयमा भनिएको छ ।

सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन भएको थियो ।

२ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरीका बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई सदस्य रहेको समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?