News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल एड्भेन्चर रनिङ फेडेरेसनको आयोजनामा आगामी असार ३ गते सुदूरपश्चिमको पर्यटकीय रामारोशन क्षेत्रमा 'रामारोशन स्काई रन २०२६' आयोजना हुने भएको छ ।
- प्रतियोगितामा २८ किलोमिटरको मुख्य स्काई रनिङ र स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न ५ किलोमिटरको सामुदायिक दौड समावेश गरिएको छ ।
- कुल ४० लाख रुपैयाँ अनुमानित बजेट रहेको यस प्रतियोगिताको विभिन्न विधाका विजेताहरूलाई कुल ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
१९ जेठ, काठमाडौं । नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) को आयोजनामा रामारोशन स्काई रन २०२६ असार ३ गते हुने भएको छ ।
फेडेरेसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फेडेरेसनको आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिताको रुपमा रामारोशन स्काई रन आयोजना गर्न लागेको जानकारी दिएको हो ।
प्रतियोगिता सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीय तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रामारोशन क्षेत्रमा सञ्चालन हुनेछ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकाको सहकार्यमा आयोजना यश प्रतियोगपता हुन लागेको फेडेरेसनले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत २८ किमी स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधामा प्रतिस्पर्धा हुने र स्थानीय युवाहरूलाई प्रोत्साहन गर्न २० वर्ष मुनिका लागि ५ किमी सामुदायिक दौड समेत आयोजना हुने फेडेरेसनका अध्यक्ष एकेन्द्र कुँवरले जानकारी दिए ।
नेपालमा स्काई रनिङको सम्भावना धेरै रहेको र नेपालमा स्काई रनको अन्तर्राष्ट्रिय प्रतियोगिता समेत आयोजना गर्न सकिने सम्भावना रहेकोले रामारोशन स्काई रन आयोजना गर्न लागेको कुँवरले जानकारी दिए ।
प्रतियोगिताको संयोजक निरुपमध्वज कार्कीले वपगतमा यश किसिमको रन चएपनि फेडेरसनले आधिकारिक रुपमा पहिलो पटक स्काई रन गर्न लागेको जानकारी दिए ।
२८ किमी स्काई रनिङ मार्ग (२१५० मिटर) रामेखण्डबाट सुरु भई जिइंगले ताल, लामादह ताल, रोशन पाटन, चांखाटप ( ३८२० मिटर) तथा किनिमिनीपाटन लगायतका प्रमुख प्राकृक्तिक स्थलहरू पार गर्दै पुनः रामेखण्ड मै समाप्त हुनेछ । मार्गभर धावकहरूको सुरक्षा र सुविधाका लागि ६ वटा वाटर पोइन्ट र ६ वटा चेकपोइन्टको व्यवस्था गरिएको छ ।
फेडेरेसनको अनुसार कार्यक्रमको उद्देश्य सुदूरपश्चिम नेपालको प्राकृक्तिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन तथा स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु हो ।
‘बाह्र बण्ड अठार खण्ड’ का नामले परिचित रामारोशन क्षेत्र समुद्री सतहबाट २,०५० मिटर देखि ३,८५० मिटरसम्म फैलिएको छ । हिमाली ताल, विशाल पाटन, घना वन तथा मनोरम हिम शृङ्खलाबीच सञ्चालन हुने यस प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा बढीमा १०० जना सहभागीहरूलाई मात्र सहभागिता गराईने र दर्ता १९ जेठबाट सुरु हुने आयोजकले जनाएको छ । विदेशबाट पनि केही धावकहरु आउने तयारी रहेको आयोजकले जनाएको छ ।
दर्ता शुल्क २ हजार ५०० प्रति सहभागी तोकिएकोछ भने स्थानीय सहभागीहरूका लागि दर्ता निः शुल्क रहनेछ । साथै दर्ता गर्ने पहिलो ३० जना सहभागीहरूलाई काठमाडौं- रामारोशन-काठमाडौं निःशुल्क यातायात सुविधा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
दर्ता भएका सबै सहभागीहरूलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएको स्थानवाट आवतजावत यातायात सुविधा उपलब्ध गराइनेछ । सबै सहभागीहरूले सहभागिता प्रमाणपत्र प्राप्त गर्नेछन् भने २८ किमी मुख्य दी ड पूरा गर्ने धा वकहरूलाई फिनिशर मेडल प्रदान गरिनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि रु. ७,५२,००० रहेको छ । २८ किलो मिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा पहिलो, दोस्रो, तेस्रो हुनेले क्रमशः रु. १ लाख रु. ७५ हजार र रु. ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, पुरुष तथा महिला दुवै विधाका शीर्षकमा १० स्थान प्राप्त गर्ने धावकहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ ।
स्थानीय प्रतिभा प्रोत्साहनका लागि आयोजना गरिने ५ मिमी सामुदायिक दौड अन्तर्गत पुरुष तथा महिला दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु. २० हजार रु. १५ हजार र रु. १० हजार नगद प्रस्कार प्राप्त गर्नेछन । सबै विजेताहरूलाई टफी मेडल तथा प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
प्रतियोगिताको कुल लागत ४० लाख रहेको आयोजकले जनाएको छ । रामारोशन स्काई रन २०२६ केवल एक खेलकद प्रतियोगिता मात्र नभई सुदूरपश्चिम नेपालको प्राकृतिक सम्पदा, स्थानीय संस्कृति, साहसिक पर्यटन तथा ग्रामीण अर्थतन्त्रको प्रवर्द्धन गर्ने महत्वपर्ण अभियानका रूपमा लिइएको आयोजकले जनाएको छ ।
यस प्रतियोगिताले नेपालमा स्काई रनिङ खेलको विकास, अन्तर्राष्टिय खेल पर्यटनको विस्तार तथा रामारोशन क्षेत्रलाई विश्व स्तरको साहसिक खेल गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4