+
+
Shares

पार्टीभित्रै अल्पमतमा परेपछि परामर्शमा जुटे सुदूरपश्चिमका मुख्यमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १४:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउन नेपाली कांग्रेसका ९ जना प्रदेश सभा सदस्यले निर्णय गरेका छन् ।
  • दलको नेताबाट हटाउने निर्णयपछि मुख्यमन्त्री शाह कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूसँग आन्तरिक परामर्शमा जुटेका छन् ।
  • नेपाली कांग्रेसका १८ मध्ये ९ जना सांसदले विपक्षमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री शाह संसदीय दलमा अल्पमतमा परेका हुन् ।

१९ जेठ, धनगढी । नेपाली कांग्रेसका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट हटाउने निर्णय गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह आन्तरिक परामर्शमा जुटेका छन् ।

शाहले कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरिररहेका छन् ।

उनलाई दलको नेताबाट हटाउन ९ जना सांसदको बैठकले निर्णय गरेको छ ।

कांग्रेसमा १८ जना प्रदेश सभा सदस्य छन् । उनीहरू मध्ये प्रकाश देउवा नेपाल बाहिर रहेका छन् ।

९ जनाले मुख्यमन्त्रीको विपक्षमा हस्ताक्षर गरेपछि शाह संसदीय दलमा अल्पमतमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?