+
+
Shares

हर्क साम्पाङले खोजे संसद्‌मा प्रधानमन्त्री बालेनको हाजिरी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्री बालेन शाहले संसद्मा हाजिरी गरे वा नगरेको विषयमा प्रश्न उठाएका छन् ।
  • संसद् बैठकमा हाजिर नगरेको खण्डमा प्रधानमन्त्रीको सांसद पद र प्रधानमन्त्री पद स्वतः रद्द हुने दाबी साम्पाङले गरे ।
  • उनले नेपालले भारतको जमीन मिचेको ठाउँबारे स्पष्ट पार्दै गल्ती गरेको भए प्रधानमन्त्रीले माफी माग्नुपर्ने माग गरे ।

१९ जेठ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाह बालेनको हाजिरी खोजेका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ ।

बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्नेछ ।

नियमावलीको यही नियम स्मरण गर्दै साम्पाङले प्रधानमन्त्री बालेनको हाजिरी खोजेका हुन् ।

‘प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि हाजिर गर्नुभएको छ कि छैन ?’ साम्पाङले भने, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ ।’

प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधनमन्त्री पद स्वत: रद्द हुने उनको आग्रह छ ।

साथै, प्रधानमन्त्रीले नेपालले भारतको जमिन कहाँ कहाँ मिचेको छ भनेर जानकारी दिनुपर्ने माग गरे । गल्ती गरेको भए माफी माग गर्नुपर्ने आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?