News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी दलहरूको नाराबाजी र वेल घेराउपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
- सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ जेठमा बस्ने जानकारी गराउनुभयो ।
- विपक्षीहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्ति सच्याउन माग गरेका छन् ।
१९ जेठ, काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेसँगै सभामुख डीपी अर्यालले बैठक स्थगित भएको सूचना सुनाएका छन् । उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गतेमात्रै बस्ने जानकारी गराए ।
आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ घण्टा ढिला सुरु भएको थियो । आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै त्यसलाई सच्याउन र माफी माग्न माग राखे । उनीहरूले नाराबाजीसँऊै वेल घेराउ गर्न थालेपछि सभामुखले बैठक स्थगित भएको सूचना सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4