+
+
Shares

गोहीको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १५:५३

१९ जेठ, चितवन । चितवनको जगतपुरमा राप्ती नदीमा गोहीका आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२३ बस्ने ५६ वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो ।

उनको शव गोहीको आक्रमणबाट क्षतिविक्षत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

परिवारका अनुसार उनी सोमबार दिउँसो घाँसदाउराका लागि भन्दै घरबाट निस्किएका थिए । साँझसम्म पनि घर नआएपछि परिवारले खोजी सुरु गरेको थियो ।

तर, आज बिहान राप्ती नदी किनारमा खोजी गर्दैजाँदा गोहीको आक्रमणमा परेर ज्यान गुमाएको अवस्थामा भेटिएको भरतपुर–२३ का वडाध्यक्ष दीपक दवाडीले जानकारी दिए ।

चोखाल सामान्य खेतीपाती र घाँसदाउरा गरेर जीविका चलाउँदै आएका थिए । उनको शवलाई भरतपुर अस्पतालमा ल्याएर पोस्टमार्टम गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?