+
+
Shares

वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको अदादतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग दुई वटा कसुरमा धरौटी माग गर्ने आदेश दिएको छ ।
  • न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लिखत कीर्ते मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग गरेको हो ।

१९ जेठ, काठमाडौं । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको अदादतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।

उनीविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको थियो । लिखत कीर्तेसम्बन्धी मुद्दामा ४ लाख र झुट्टा विवरण पेश गरेको मुद्दामा १५ हजार धरौटी माग भएको उनले बताए ।

८ जेठमा उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीसहित अन्य तीन जनाविरुद्ध स्थानीय लियाकत अलीले जाहेरी दिएका थिए ।

मेयर सिंहले नक्कली कागजातको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकता जारी गराएको जाहेरी परेको थियो । सोही आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?