News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म निर्देशक निश्चल बस्नेतले कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी ५ घण्टा लगाएर ‘जम्पर’ नामक छोटो फिल्म निर्माण गरेका छन् ।
- बस्नेतले जयन वाइवाको शब्द तथा संगीत रहेको गीत ‘उडुँ म कतै’ को म्युजिक भिडियो पनि एआई प्रविधिबाट निर्माण गरेका छन् ।
- एआईबारे बस्नेतले लेखेका छन्, “हामीले टेक्नोलोजीको सदुपयोग गर्न जानेनौ भने हामी धेरै पछी पर्ने रैछौं ।”
काठमाडौं । फिल्म निर्देशक निश्चल बस्नेतले कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट फिल्म र संगीत बनाउने कार्यमा अभिरुचि राखेको देखिन्छ । उनका पछिल्ला केही सोसल मिडिया पोस्ट हेर्दा दर्शकले त्यो थाहा पाउन सक्छन् ।
केही साताअघि उनले एआईको प्रयोगबाट छोटो फिल्म ‘जम्पर’ बनाएका थिए । ५ घण्टा लगाएर उनले बनाएको उक्त छोटो फिल्मे साइन्स फिक्सन हो जसलाई दर्शकले निश्चलको कम्पनी ब्ल्याकहर्स पिक्चर्सको युट्युब च्यानलमा पनि हेर्न सक्छन् ।
एआईबाट फिल्म बनाएपछि निश्चलले प्रशंसा पाएका थिए । उनले त्यतिबेला लेखेका थिए, ‘यो एआई भन्ने जिनिस चलाउन सिक्दै गर्दा था भो, हामीले टेक्नोलोजीको सदुपयोग गर्न जानेनौ भने हामी धेरै पछी पर्ने रैछौं । संसार कुदिराछ हामी अब कुदेको देखेर दंग परिराछौं ।’
यस्तोमा, निश्चलले एआई प्रविधिमा आधारित रहेर जयन वाइवाको शब्द तथा संगीतमा गीत पनि ल्याउँदैछन् । ‘उडुँ म कतै’ बोलको गीतको निर्देशन निश्चलले गरेका छन् जसको फोटो पनि उनले सेयर गरेका छन् ।
उनले सेयर गरेको फोटो हेर्दा यो गीतको भिडियो डिस्टोपियन शैलीमा बनेको देखिन्छ । तीनजना अन्तरीक्षयात्री ध्वस्त भैसकेको कुनै ग्रहमा बन्दुक र अन्तरीक्षयात्रीको कस्ट्युमसहित छन् । निश्चल स्वयम एक पात्रको रुपमा छन् ।
यसबारे उनी लेख्छन्, ‘जमाना एआइ युगमा पुगिसकेको हुनाले हामीले पनि एआइबाट एउटा म्युजिक भिडियो बनाउने कोसिस गरेका छौं । जयन जे वाइबाको स्वर शब्द संगीत रहेको उक्त गीतमा केही नयाँपन दिने कोसिस गरेका छौं भिडियोमार्फत । केही दिनमै सार्वजनिक हुनेछ ।’
प्रतिक्रिया 4