+
+
Shares

एक महिनादेखि भएन सशस्त्रका डीआईजीको पदस्थापन, मौखिक आदेशकै भरमा काम

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बढुवा भएको एक महिना बितिसक्दा पनि सशस्त्र प्रहरीका ६ जना डीआईजीको पदस्थापन हुन सकेको छैन ।
  • प्रधानमन्त्री बालेन शाहले पदस्थापन नगर्दा डीआईजीहरू आईजीपीको मौखिक आदेशका भरमा काम गर्न बाध्य छन् ।
  • गत २२ वैशाखको निर्णयअनुसार बढुवा भएका उनीहरूले २८ वैशाखमा दर्ज्यानी चिह्न प्राप्त गरेका थिए ।

१९ जेठ, काठमाडौं । बढुवा भएको एक महिना बित्दा समेत सशस्त्र प्रहरीका डीआईजी (सशस्त्र प्रहरी नायव महानिरीक्षक) हरूको पदस्थापन हुन सकेको छैन ।

डीआईजीको पदस्थापन नहुँदा अहिले आईजीपीकै मौखिक आदेशको भरमा तोकिएको ठाउँमा बसेर डीआईजीहरूले काम गर्नु परेको छ ।

१२ वैशाखमा सशस्त्रका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका थिए । २२ वैशाखको निर्णयअनुसार उनीहरू डीआईजीमा बढुवा भए । बढुवा भएका ६ डीआईजीहरू दिग्विजय सुवेदी, किरण बस्नेत, माधव प्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीले २८ वैशाखमा दर्ज्यानी चिन्ह प्राप्त गरे ।

सामान्यतया बढुवा कर्न्फम भएकै बेला पदस्थापनको सूचना समेत एकै पटक निकाल्ने गरिन्छ । बढुवा भएको एक महिना बित्न लाग्दा समेत ६ डीआईजीको अहिलेसम्म पदस्थापन हुन सकेको छैन ।

सशस्त्र प्रहरी नियमावलीअनुसार एसएसपी र डीआईजीको सरुवा तथा पदस्थापनको जिम्मा गृहमन्त्रीको हुन्छ । ९ वैशाखमा तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि अहिले गृहमन्त्रालय हेर्ने छुटट्ै विभागीय गृहमन्त्री छैनन् ।

गृह मन्त्रालय समेत प्रधानमन्त्री बालेन शाह (बालेन्द्र) आफैंले राखेका छन् । जसकारण एसएसपी, डीआईजीको सरुवा तथा पदस्थापनको जिम्मा पनि अहिले गृहमन्त्रीकै हैसियतमा बालेनकै छ । तर एक महिना बित्दा समेत बालेनले सशस्त्रका डीआईजीको पदस्थापन गरेका छैनन् ।

आईजीपीकै मौखिक आदेशको भरमा डीआईजीहरूले जिम्मेवारी सम्हालेर काम गरिरहेको अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?