+
+
Shares

सिरहा नगरपालिकाका वडाध्यक्षहरूले नै लगाए लेखा शाखामा ताला 

कार्यपालिका बैठक तत्काल बोलाउन, विकास योजनाहरू संशोधन गर्न तथा प्रमुख प्रशासकीय अधिकृतलाई नियमित रूपमा कार्यालयमा उपस्थित गराउन माग गर्दै दुई वडाका अध्यक्षहरूले लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा नगरपालिकाका दुई वडाध्यक्षले विभिन्न माग राखी मंगलबार नगरपालिकाको लेखा शाखामा तालाबन्दी गरेका छन् ।
  • उनीहरूले कार्यपालिका बैठक बोलाउन, विकास योजना संशोधन गर्न र प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थितिको माग गरेका छन् ।
  • नगर प्रमुख डा. नवीनकुमार यादवले भने प्रमुख प्रशासकीय अधिकृतले वडाध्यक्षहरूलाई उक्साएर तालाबन्दी गराएको दाबी गरे ।

१९ जेठ, सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी गरिएको छ।

कार्यपालिका बैठक तत्काल बोलाउन, विकास योजनाहरू संशोधन गर्न तथा प्रमुख प्रशासकीय अधिकृतलाई नियमित रूपमा कार्यालयमा उपस्थित गराउन माग गर्दै दुई वडाका अध्यक्षहरूले लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

वडा नम्बर–२ का अध्यक्ष राकेशकुमार यादव र वडा नम्बर–६ का अध्यक्ष इन्द्रजित यादवले लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

उनीहरुले नगरपालिकाको प्रशासनिक तथा विकास निर्माणसम्बन्धी काम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको आरोप लगाएका छन् ।

उनीहरूले आफ्ना मागहरू तत्काल सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रम जारी रहने चेतावनी समेत दिएका छन् ।

वडा अध्यक्षहरूको भनाइअनुसार लामो समयदेखि कार्यपालिका बैठक नियमित रूपमा बस्न नसक्दा महत्वपूर्ण निर्णयहरू प्रभावित भएका छन् ।

साथै, विकास योजनाको कार्यान्वयनमा समेत समस्या देखिएको उनीहरूको दाबी छ ।

प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थितिको अभावले सेवाप्रवाह तथा विकास निर्माणका काममा प्रत्यक्ष असर परेको उनीहरूले बताएका छन् ।

नगर प्रमुख डा. नवीनकुमार यादवका अनुसार प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले कार्यालयको जिम्मेवारीभन्दा राजनीति बढी गरेको आरोप लगाएका छन् ।

उनले प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित नभएको र आफ्नो सरुवाको प्रक्रिया अगाडि बढेपछि केही वडाका अध्यक्षहरूलाई उक्साएर तालाबन्दी गराएको दाबी गरे ।

यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुसँग सम्पर्क गर्ने प्रयास गरिएको भए पनि उनको मोबाइल स्विच अफ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?