+
+
Shares

राप्रपाको असन्तुष्ट पक्षले मलमासपछि नयाँ दल बनाउने, दुर्गा प्रसाईं जोडिनेबारे छलफल

उक्त बैठकमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि सहभागी भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राप्रपाका असन्तुष्ट नेता धवल शमशेर राणाको नेतृत्वमा बसेको बैठकले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेको छ ।
  • उक्त बैठकमा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि सहभागी भएका थिए ।
  • नेता राणा र प्रसाईंबीच सँगै नयाँ दल गठन गरेर अघि बढ्ने विषयमा संवाद भएको छ ।

१९ जेठ, काठमाडौं । राप्रपाका असन्तुष्ट नेताहरूको बैठक आज बसेको छ । धवल शमशेर राणाको नेतृत्वमा बसेको असन्तुष्ट पक्षको भेलाले मलमास सकिएपछि नयाँ दल गठन गर्ने निर्णय गरेको छ ।

उक्त बैठकमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पनि सहभागी भएका थिए ।

राणा र प्रसाईंले सँगै दल गठन गरेर अघि बढ्ने विषयमा संवाद गरेका हुन् ।

राप्रपाका महामन्त्रीसमेत रहेका राणाले जेठ १७ गते पार्टी परित्यागको घोषणा गर्दै नयाँ अभियान घोषणा गरिएको बताएका थिए ।

उनले राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गर्दा विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रम नरोकिएको भनेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?