News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्तीबाट प्रहरीले २ राउन्ड गोली र लागुऔषधसहित २३ वर्षीय निरज खत्रीलाई पक्राउ गरेको छ ।
- जगाती प्रहरी वृत्तका अनुसार खत्रीको साथबाट एसएलआरको २ राउन्ड गोली, ट्रामाडोल ट्याबलेट र १ थान खुकुरी बरामद भएको छ ।
- पक्राउ परेका खत्रीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१९ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट २ राउन्ड गोली तथा लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलका २३ वर्षीय निरज खत्री रहेका छन् ।
प्रहरीवृत्त जगाती भक्तपुरबाट खटिएको टोलीले सूर्यविनायक नगरपालिका-६ सुन्दरबस्तीबाट उनलाई मंगलबार पक्राउ गरेको भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।
जबेगुका अनुसार उनको साथबाट एसएलआरको गोली २ राउन्ड, ट्रामाडोल ट्याबलेट, खुकुरी १ थान बरामद गरिएको छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4