+
+
Shares

कक्रोच पार्टीका संस्थापक दीपके आन्दोलन गर्न भारत आउँदै, सोनाम वाङचुक पनि सहभागी हुने

दीपकेले भारत आएर आगामी शनिबार शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तरमन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते २१:१०

१९ जेठ, काठमाडौं । भारतीय कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजित दीपकेले आन्दोलन गर्न भारत फर्कने घोषणा गरेका छन् । उनको यस्तो घोषणासँगै रोमन म्यागासेसे पुरस्कार विजेता सोनाम वाङचुकले पनि दीपकेको आन्दोलनमा जोडिने भएका छन् ।

वाङचुकले मंगलबार दीपकेको आन्दोलनमा जोडिने घोषणा गरेका हुन् । वाङचुक भारतको लद्दाखमा बसेर शिक्षा र पर्यटन अभियन्ताका रूपमा काम गर्छन् । पछिल्लो समय लद्दाखमा भएको जेनजी आन्दोलनमा उनको भूमिका थियो ।

दीपकेले भारत आएर आगामी शनिबार शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै दिल्लीको जन्तरमन्तरमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।

दीपके अहिले अमेरिकामा छन् । उनी बोस्टन युनिभर्सिटीमा आफ्नो ग्राजुएसन पूरा गरिरहेका छन् ।

उनको आन्दोलन घोषणा भएसँगै वाङचुकले शुक्रबारसम्म बदलाव नआए शनिबार सीजेपीका कार्यकर्तासँग आन्दोलनमा सहभागी हुने बताएका छन् ।

‘यदि काम यति गलत हुन्छ भने कुनै पनि स्वाभीमानी मन्त्रीले राजीनामा दिनुपर्थ्यो । लाखौं युवाको जिन्दगी र असलमा भारतको भविष्यमाथि पर्ने असरको कुरा त छाडिदिऊँ’, उनले एक्समा लेखेका छन् ।

भारतमा अहिले नीट युजी परीक्षाको पेपर लिक प्रकरणले सिंगो देश हल्लाएको छ । सोही प्रकरणमा विपक्षीले शिक्षामन्त्रीको राजीनामा मागिरहेका छन् ।

आन्दोलनको आह्वान गर्दै दीपकेले नीटका २४ लाखसहित करोडौं विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?