+
+
Shares

राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्रीको अभिव्यक्तिमा विपक्षीको विरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १२:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाको बैठक शुरू हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन् ।
  • प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण राष्ट्रिय सभाका यसअघिका दुई बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका थिएनन् ।
  • प्रधानमन्त्रीले नेपाल-भारत सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने र दुवैतर्फ जग्गा मिचिएको बताएका थिए ।

२० जेठ, काठमाडौं । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा विपक्षी दलहरूले विरोध गरेका छन् ।

बैठक सुरु भए लगत्तै सांसदहरूले उठेर विरोध जनाएका हुन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेनले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यस्तो अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले लगातार राष्ट्रिय सभामा विरोध गर्दै आएका छन् ।

यही कारण यसअघिका दुई वटा बैठक कार्यसूचीमा प्रवेश नै गर्न सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?