News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ फागुनको निर्वाचनलाई तमासा र नाटक भनेका छन्। यो परिणाम पूर्वनिर्धारित भएको उनको भनाइ छ ।
- चुनावपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका ओलीले चुनावमा प्रयोग भएको मसीमाथि शंका गर्दै यसलाई छानबीनको विषय बनाउनुपर्ने बताए ।
- गत २१ फागुनको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाइ बहुमत हासिल गर्दा एमाले तेस्रो भएको थियो ।
२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी नतिजा पहिले निर्धारित रहेको बताएका छन् ।
चुनावपछि पहिलोपटक सार्वजनिक सम्बोधन गरेका ओलीले चुनावलाई ‘तमासा’ र ‘नाटक’ भनेका छन् ।
‘चुनाव एउटा तमासा थियो, चुनाव एउटा नाटक थियो । यो परिणाम पूर्वनिर्धारित परिणाम थियो,’ ओलीले भने, ‘यही परिणामका लागि चुनाव गराइएको थियो । हाम्रो पार्टीले यो कुरा बुझेको थियो, अरु पार्टीहरुले साँच्चिकै चुनाव हुन्छ ठाने ।’
ओलीले चुनावमा प्रयोग गरिएको मसीमाथि शंका गरे । यो छानबीनको विषय हुने उनले बताए ।
२१ फागुनको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाइ बहुमत हासिल गर्दा एमाले तेस्रो भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4