News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘मालती मंगले’को विश्वव्यापी प्रदर्शन अभियानका लागि निर्माता रामकृष्ण ढकाल अमेरिका प्रस्थान गर्नुभएको छ ।
- पहिलो चरणअन्तर्गत अमेरिका, क्यानडा र अस्ट्रेलियामा फिल्म प्रदर्शनसँगै ढकालको सांगीतिक प्रस्तुति समेत रहनेछ ।
- प्रकु पाण्डेय निर्देशित यस फिल्ममा विजय बराल र वर्षा राउतको मुख्य अभिनय रहेको छ ।
काठमाडौं । फिल्म ‘मालती मंगले’को विश्वव्यापी रिलिज अभियानको लागि निर्माता रामकृष्ण ढकाल अमेरिका उडेका छन् । उत्तर अमेरिकामा पहिलो चरणको प्रदर्शन गर्ने उनको तयारी छ ।
पहिलो चरणअन्तर्गत अमेरिका, क्यानडा र अस्ट्रेलिया फिल्म रिलिज गर्ने तयारी छ । त्यसपछि युरोपलगायत अन्य मुलुकमा पनि जाने योजना रहेको ढकालले बताए ।
ती देशमा आयोजना हुने प्रदर्शनको क्रममा गायक समेत रहेका ढकालसँग ‘मिट एन्ड ग्रीट’ सँगै उनले सांगीतिक प्रस्तुति पनि दिनेछन् ।
अमेरिकाको बोस्टनमा जुन ५ र न्यू ह्याम्पसायरमा जुन ६ मा प्रदर्शन र कन्सर्ट हुनेछ । त्यसपछि नर्थ क्यारोलाइना, कोलोराडो र टेक्सास हुँदै जुन तेस्रो साता क्यानडाको टोरन्टोमा फिल्म देखाइनेछ ।
जुलाई ४ तारिखमा अस्ट्रेलियाको सिड्नीमा ‘रेड कार्पेट प्रिमियर’ आयोजना हुनेछ भने त्यहाँका अन्य सहरमा पनि प्रदर्शनलाई निरन्तरता दिइने जनाइएको छ ।
रानी फिल्म्सको ब्यानर र युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मलाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन् फिल्ममा विजय बराल, वर्षा राउत लगायतको अभिनय छ ।
सागर ज्ञवाली कार्यकारी निर्माता रहेको यस फिल्ममा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँले सह-निर्माताका रूपमा लगानी गरेका छन् ।
प्रतिक्रिया 4