News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरबाट १५० ग्राम अवैध लागु औषध खैरो हेरोइनसहित बाराका २५ वर्षीय असरफ अली पक्राउ परेका छन् ।
- उनको साथबाट २ थान डिजिटल तराजु र लागु औषध लुकाउन प्रयोग गरिएका ४ थान स्पीकर समेत बरामद भएको छ ।
२० जेठ, काठमाडौं । अवैध लागु औषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ का २५ वर्षीय असरफ अली छन् । उनलाई ललितपुरबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरका एसपी तथा प्रवक्ता दुर्गाराज रेग्मीले बताए ।
उनीबाट १५० ग्राम खैरो हेरोइनका साथै डिजिटल तराजु २ थान, लागु औषध लुकाइएको स्पीकर ४ थान बरामद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4