News Summary
Generated by OK AI. Editorially reviewed.- राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाले नयाँ राष्ट्रवादी दल गठनका लागि ‘जेनजी’ समूहका युवासँग छलफल गरेका छन् ।
- पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट राणाले राजसंस्थावादी शक्तिहरू एकत्रित गरी नयाँ दल खोल्ने तयारी गरेका छन् ।
- राणाले मंगलबार अभियन्ता दुर्गा प्रसाईंसँग पनि छलफल गरेका छन् भने राप्रपाको असन्तुष्ट पक्षले मलमासपछि नयाँ दल गठन गर्ने तयारी गरेको छ ।
२० जेठ, काठमाडौं । नयाँ दल गठनको तयारीमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले ‘राष्ट्रवादी शक्ति’ निर्माणका लागि जेनजी उमेर समूहसँग छलफल गरेका छन् ।
नयाँ दल गठन गर्नका लागि विभिन्न पक्षसँग छलफल सुरु गरेका राणाले बुधबार ‘जेनजी एलायन्स फर मोनार्की’ मा आबद्ध युवाहरूसँग छलफल गरेका हुन् । राजसंस्थावादी शक्तिहरू एकत्रित गरेर नयाँ दल गठन गर्नेगरी राणाले राप्रपा परित्याग गरिसकेका छन् ।
राप्रपाको असन्तुष्ट पक्षले मलमासपछि नयाँ दल गठन गर्ने तयारी गरिरहेको छ । मंगलबार राणाले अभियन्ता दुर्गा प्रसाईंसँग छलफल गरेका थिए ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै राणा नयाँ अभियान सुरु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4