News Summary
Generated by OK AI. Editorially reviewed.- झापाको मेचीनगर नगरपालिका–७ मा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
- दुर्घटनामा गम्भीर घाइते भएका अजय राजवंशी र अजय माझीलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
- प्रहरीले दुर्घटना गराउने स्कुल बस र चालक निरेन धिमाललाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ ।
२० जेठ, विराटनगर । झापाको मेचीनगर नगरपालिका–७ मा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मेचीनगर– ७ सञ्जय सिमेन्ट फ्याक्ट्री अगाडि गोमनसरीबाट धुलाबारी तर्फ जाँदै गरेको होलिबेल इंग्लिस बोर्डिङ स्कुलको मे १ क ३९१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ९ प ९९०४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मोटरसाइकल चालक मेचीनगर–७ का २१ वर्षीय अजय राजवंशी र पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझी गम्भीर घाइते भएका थिए । दुवैलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनापछि प्रहरीले बस र चालक मेचीनगर– ११ का ४५ वर्षीय निरेन धिमाललाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4