+
+
Shares

भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते

दुर्घटना भएको ट्र्याक्टर पल्टिएर च्यापिँदा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको चाँगुनारायण नगरपालिका-८ मञ्जुश्री गुम्बानजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मजदुरको मृत्यु भएको छ ।
  • कलमसिस्थित एक होटलमा ढलान सकेर १२ जना मजदुर बोकी फर्कँदै गरेको ट्र्याक्टर ब्रेक फेल भएर दुर्घटना भएको हो ।
  • दुर्घटनामा घाइते भएका मजदुरहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

२० जेठ, काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका -८ मञ्जुश्री गुम्बानजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना भएको छ । ढलान सकेर भक्तपुरतर्फ मजदुर बोकेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटना भएको ट्र्याक्टर पल्टिएर च्यापिँदा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार कलमसिस्थित एक होटलमा ढलान सकेर १२ जना ‍मजदुर बोकेर फर्कँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो ।

घाइते मजदुरहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?