News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरी बलको मुख्यालयस्थित सवारी शाखामा भएको आगलागी घटनाको छानबिन गर्न डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ ।
- सशस्त्र प्रहरी मुख्यालयको सवारी शाखामा बुधबार राति ८ बजेतिर भएको आगलागीबाट केही सवारीसाधनमा क्षति पुगेको छ ।
- बंगलामुखी गणबाट खटिएको टोलीले नियन्त्रणमा लिएको उक्त आगलागी घटनाको छानबिन शुरू भइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।
२१ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ ।
‘घटनाबारे छानबिन गर्न हामीले समिति गठन गरेका छौं । समितिले काम सुरु गरिसकेको छ’ प्रवक्ता भट्टले भने । थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन । सकेसम्म छिटो छानबिन सक्काएर प्रतिवेदन पेश गर्न भनिएको छ ।
बुधबार राति ८ बजेतिर सशस्त्र हेडर्क्वाटरस्थित सवारी शाखामा आगलागी भएको थियो । आगलागीबाट केही सवारीहरुमा क्षति पुगेको बताइएको छ । बंगलामुखी गणबाट आएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।
सशस्त्रमा हेडक्वाटर यसअघि पनि आगलागी भएको थियो । त्यस्तै सतंगलस्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो ।
प्रतिक्रिया 4