News Summary
Generated by OK AI. Editorially reviewed.- रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा २१ जेठ बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा दाङका चालक वीरबहादुर चौधरी तथा यात्रुद्वय जीउधन चौधरी र कमला चौधरी रहेको प्रहरीले जनाएको छ ।
- निर्माण सामग्री बोकेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
२१ जेठ रोल्पा । रोल्पामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुलेको छ । माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान एमएच १४ टीसीजे ४७१ अस्थायी नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरुषको मृत्यु भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा चालक दाङको घोराही उपमहानगरपालिका-७ देसाहीका वीरबहादुर चौधरी, गाडीमा सवार दाङको दगिशरण गाउँपालिका-७ श्रीगाँउ घर भई हाल घोराही उपमहानगरपालिका-१४ बस्ने जीउधन चौधरी र उनकी श्रीमती कमला चौधरी रहेको प्रहरीले जनाएको छ ।
जिप जस्तापाता, सिमेन्ट, प्लास्टिकको पाइपलगायत निर्माण सामग्री लिएर जाँदै गर्दा दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार गाडी सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।
प्रतिक्रिया 4