+
+
Shares

लिबियामा तैनाथ शान्ति सैनिकको अदली–बदली

संयुक्त राष्ट्रसंघको आह्वानमा तैनाथ नयाँ भैरवीदल गुल्म सातौं डफ्फालाई गुरुबक्स गुल्मको आठौं डफ्फाले बदली गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २१ गते १७:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लिबियामा तैनाथ संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि नयाँ भैरवीदल गुल्मलाई गुरुबक्स गुल्मले अदलीबदली गरेको छ ।
  • आठौं डफ्फाका ४२ शान्ति सैनिकको पहिलो टोली २१ जेठमा मिसन इलाका प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ ।
  • लिबियामा आफ्नो कार्यकाल सकेर ६१ नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन् भने हाल त्यहाँ २१३ सैनिक कार्यरत छन् ।

२१ जेठ, काठमाडौं । लिबियामा तैनाथ शान्ति सैनिकको अदलीबदली भएको छ ।

संयुक्त राष्ट्रसंघको आह्वानमा तैनाथ नयाँ भैरवीदल गुल्म सातौं डफ्फालाई गुरुबक्स गुल्मको आठौं डफ्फाले बदली गरेको हो ।

आठौं डफ्फाका ४२ शान्ति सैनिकको पहिलो टोली २१ जेठमा मिसन इलाका प्रस्थान गरेको सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

उक्त मिसनमा आफ्नो कार्यकाल सकेर ६१ शान्ति सैनिक बिहीबार नै स्वदेश फिर्ता भएका छन् । हाल उक्त मिसनमा २१३ शान्ति सैनिक कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?