+
+
Shares

लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको बताएका छन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १२:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको बताएका छन् ।
  • मुख्यमन्त्री आचार्यले युवा सम्मेलन उद्घाटन गर्दै नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट युवामैत्री बनाइने प्रतिबद्धता व्यक्त गरे ।
  • उनले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै युवाहरूलाई आफ्नो कर्तव्यप्रति सचेत हुन समेत आग्रह गरे ।

२२ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले युवावर्गलाई प्राथमिकतामा राखेको बताएका छन् ।

उनले आज लुम्बिनी प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा उद्घाटन गर्दा बताएका हुन् ।

उनले नीति तथा कार्यक्रमका आधारमा आगामी बजेट तथा कार्यक्रम तर्जुमा गरिने उल्लेख गर्दै युवामैत्री योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउने जानकारी दिए ।  मुख्यमन्त्री आचार्यले अधिकारको माग मात्र पर्याप्त नहुने भन्दै कर्तव्यप्रति सचेत हुन युवालाई आग्रह गरे ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण पङ्गेनी, युनिसेफका प्रतिनिधि रिद्धि शर्मालगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा  धारणा व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?