News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका हलमा शुक्रबारदेखि दक्षिण भारतीय स्टार रामचरण अभिनित ‘पेड्डी’सहित तीन विदेशी फिल्म प्रदर्शनमा आएका छन् ।
- डेभिड धवन निर्देशित बलिउड फिल्म ‘हे जवानी तो इस्क होना है’ रोमान्टिक कमेडी र ड्रामा जनरामा आधारित छ ।
- ट्राभिस नाइट निर्देशित हलिउड फिल्म ‘मास्टर्स अफ द युनिभर्स’ मा जादुयी तरवार खोज्ने राजकुमारको कथा समेटिएको छ ।
काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दक्षिण भारतीय स्टार रामचरण अभिनित ‘पेड्डी’सहितका ३ विदेशी फिल्म प्रदर्शनमा आएका छन् । हलिउडको ‘मास्टर्स अफ द युनिभर्स’ र बलिउडको अर्को ‘हे जवानी तो इस्क होना है’ छन् ।
‘पेड्डी’को रनटाइम १८९ मिनेट छ । बुची बाबुु साना निर्देशित फिल्ममा रामचरण, जान्वी कपुर, शिव राजकुमार, जगपति बाबुको अभिनय छ । यो फिल्मलाई ड्रामा एक्सन जनरामा राखिएको छ ।
यसको कथा सन् १९८० को दशकको ग्रामीण आन्ध्र प्रदेशमा आधारित छ जुन एक ऊर्जाशील गाउँलेको कथा हो, जसले शक्तिशाली प्रतिद्वन्द्वीविरुद्ध आफ्नो समुदायको स्वाभिमान जोगाउन खेलकुदमार्फत गाउँलाई एकताबद्ध बनाउँछ ।
‘हे जवानी तो इस्क होना है’ लाई डेभिड धवनले निर्देशन गरेका हुन् । वरुण धवन, मृणाल ठाकुर, पूजा हेग्डे अभिनित यो फिल्मको रनटाइम १३६ मिनेट छ ।
कमेडी, ड्रामा र रोमान्स जनराको राखिएको यो फिल्मको कथा यस्तो छ- धेरै महिलाबाट अस्वीकृत भएको एक युवक प्रेम सम्बन्धमा एक्लोपन महसुस गरिरहेको हुन्छ । तर भगवानको सहयोग पाएपछि उसको जीवनमा नयाँ मोड आउँछ, र उसले विभिन्न नयाँ तथा सिर्जनात्मक विचारहरू प्राप्त गर्न थाल्छ ।
‘मास्टर्स अफ द युनिभर्स’ हलिउड फिल्म हो जसलाई ट्राभिस नाइटले निर्देशन गरेका हुन् । एक्सन, एड्भेन्चर र फेमिली जनरामा राखिएको यो फिल्ममा निकोलस गालिजिन, क्यामिलिया मेन्डेस, एलिसन ब्रीको अभिनय छ । यसको रनटाइम १४२ मिनेट छ ।
यो फिल्मको कथासार यस्तो छ- पृथ्वीमा बस्ने एक युवकले आफू वास्तवमा अर्को ग्रहको राजकुमार भएको अद्भुत रहस्य पत्ता लगाउँछ । आफ्नो राज्यको रक्षा गर्न उसले जादुयी तरवार फेला पार्नुपर्छ र आफ्नो गृहग्रहमा फर्केर राज्यलाई बचाउने जिम्मेवारी पूरा गर्नुपर्छ ।
प्रतिक्रिया 4