News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर लगायतमाथि आक्रमण प्रयास गर्नेलाई कारबाही माग गर्दै विभिन्न महिला संगठनले प्रदर्शन गरेका छन् ।
- गत ८ जेठमा मालिका गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएकी उपाध्यक्ष कुँवरमाथि योजनाबद्ध रूपमा आक्रमणको प्रयास भएको आरोप लगाइएको छ ।
- प्रदर्शनकारीले दोषीलाई तत्काल पक्राउ गर्न र महिला जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
२२ जेठ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर लगायतमाथि आक्रमण गर्न खोज्ने समूहमाथि कारबाहीको माग राख्दै विभिन्न संघसंगठनमा आवद्ध महिलाहरूले शुक्रबार प्रदर्शन गरेका छन् ।
उक्त घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग राखेर उनीहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मी अगाडि प्रदर्शन गरेका हुन् ।
अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (क्रान्तिकारी), नेपाल महिला संघ तथा अखिल नेपाल महिला संघ गुल्मीमा आवद्ध महिलाहरूले प्रदर्शन गरेका हुन् ।
दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन, पीडितलाई न्याय दिन तथा महिला जनप्रतिनिधि र कर्मचारीको सुरक्षा सुनिश्चित गर्न उनीहरूले माग गरेका छन् ।
८ जेठमा मालिका गाउँपालिका–८ कुटी सिमलटारीमा आयोजित एक सत्संग कार्यक्रममा सहभागी हुन गएकी इस्मा गाउँपालिकाकी उपाध्यक्ष कुँवर सहित केही कर्मचारीमाथि योजनाबद्ध रूपमा आक्रमणको प्रयास भएको उनीहरूको आरोप छ ।
प्रदर्शनपछि महिला संगठनका प्रतिनिधिहरूले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र समेत बुजाएका छन् ।
प्रतिक्रिया 4