+
+
Shares

रविलाई प्रश्न- प्रधानमन्त्री बन्ने हल्ला छ नि ?, जवाफमा भने- चुनावअघिको सहमतिमा अडिग छौं

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १८:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
  • नेपाली जनताले स्थिरताका लागि आफ्नो पार्टीलाई मतदान गरेकाले आफूहरू अस्थिरताको पक्षमा नरहेको उनले बताए ।
  • प्रधानमन्त्री बन्ने हल्लाबारे उनले भने, “म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु ।”

२२ जेठ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफ्नो पार्टी अस्थिरताको पक्षमा नभएको बताएका छन् ।

पाँच दिने भारत भ्रमण सकेर फर्किएका लामिछानेलाई विमानस्थलमा सञ्चारकर्मीले ‘अब तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भनेर प्रश्न गरेका थिए ।

उक्त विषयमा सञ्चारकर्मीले जवाफ खोजेका थिए ।

लामिछानेले यसबारे जवाफ दिँदै भने, ‘म केही भन्न चाहन्नँ । निर्वाचन अगाडि हामीले लेखेको कागज एकपटक पढ्न आग्रह गर्न चाहन्छु ।’

उनले आफ्नो पार्टीलाई जनताले स्थिरताका लागि मतदान गरेको भन्दै उक्त सहमतिमा अडिग रहेको बताए ।

‘हामी अस्थिरताको पक्षमा छैनौं । हामी स्थिरताको पक्षमा छौं । नेपाली जनताले स्थिरताका लागि हामीलाई मतदान गरेका हुन् । हामीलाई गरेको वाचाप्रति अडिग छौं । रहिरन्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?