News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल लेयर्स कुखुरापालक संघले शनिबारदेखि लागू हुने गरी सबै आकारका अन्डाको फार्म समर्थन मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ ।
- नयाँ मूल्य अनुसार एक्सएल अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो ५ सय ४५ र मिडियम अन्डा ५ सय १५ रुपैयाँ कायम भएको छ ।
- किसानको फार्म समर्थन मूल्य बढे पनि उपभोक्ताले किन्ने अन्डाको खुद्रा मूल्य भने प्रतिगोटा २५ रुपैयाँ नै यथावत छ ।
२२ जेठ, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ ।
यसअघि १२ जेठदेखि लागु हुने गरी मूल्य निर्धारण गरेको संघले ११ दिनमै मूल्य परिमार्जन गर्दै भोलि शनिबारदेखि लागु हुने गरी नयाँ मूल्य तोकेको हो ।
आज शुक्रबार काठमाडौंमा बसेको उत्पादकहरूको भौतिक तथा भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको मूल्य बढाउने निर्णय गरेको हो ।
संघको नयाँ निर्णय अनुसार सबै आकारका अन्डामा प्रतिक्रेट १५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । एक क्रेटमा ३० गोटा अन्डा हुन्छ ।
अब फार्ममा ‘एक्सएल’ अन्डाको मूल्य प्रतिक्रेट ५ सय ६० रुपैयाँ पुगेको छ, जसको मूल्य यसअघि ५ सय ४५ थियो ।
त्यसैगरी यसअघि प्रतिक्रेट ५ सय ३० रहेको ठूलो अन्डाको मूल्य बढेर ५ सय ४५ रुपैयाँ कायम भएको छ । मिडियम अन्डाको मूल्य पनि प्रतिक्रेट ५ सयबाट बढेर ५ सय १५ रुपैयाँ पुगेको छ ।
सानो अन्डाको हकमा भने यसअघि प्रतिक्रेट ४ सय रुपैयाँ तोकिएकोमा अहिले सिधै प्रतिपेटी ३ हजार रुपैयाँ तोकिएको छ ।
किसानको फार्म समर्थन मूल्य बढे पनि उपभोक्ताले किन्ने खुद्रा मूल्य भने यथावत छ । संघका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा २५ रुपैयाँ नै कायम छ ।
प्रतिक्रिया 4