+
+
Shares

नेकपा सप्तरीले गर्‍यो उपाध्यक्षसहित १० जनप्रतिनिधिलाई पदमुक्तको सिफारिस

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ जेठ २३ गते ८:२०

२३ जेठ, सप्तरी । नेपाली कम्युनिष्ट पार्टी सप्तरीले गाउँपालिकाकाका उपप्रमुख सहित सप्तरीका १० जनप्रतिनिधिलाई पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

सप्तरी जिल्ला अन्तरगतका पार्टी केन्द्रीय कमिटी सदस्यहरुको शुक्रबार राजबिराजमा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टी र पार्टीका उम्मेद्वारविरुद्ध लागेका छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजोदेवी यादवसहित १० जनप्रतनिधीलाई पदमुक्त गर्न केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी र पार्टी उम्मेदवारविरुद्ध लागेका छिन्नमस्ता गाउँपालिका वडानम्बर एक र छ का वडाअध्यक्ष ललन यादव र कपलेश्वर साह, राजविराज नगरपालिका ७, ८ र १० का वडाअध्यक्ष क्रमशः सुभाष यादव, जयनारायण मण्डल र गंगाराम खंग, विष्णुपुर गाउपालिका १ का वडाध्यक्ष बलराम यादव, रुपनी गाउँपालिका २ का वडाध्यक्ष सरोज यादव, तिलाठी कोइलाडि गाउँपालिका ४ का वडाअध्यक्ष मुनिलाल मुखिया र सुरुङ्गा नगरपालिका १ का वडाअध्यक्ष छत्रबहादुर राउतलाई पदमुक्त गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीका चुनाव चिह्नबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरू पार्टी र पार्टी उम्मेदवारविरुद्ध लागेको पुष्टि भएकाले उनीहरुलाई कानुन अनुसार पद मुक्त गर्न निर्वाचन आयोगमा कारवाही प्रकृया अगाडि बढाउन केन्द्रलाई सिफरिस गरेको केन्द्रीय सदस्य गोविन्द न्यौपानेले बताए ।

पार्टी मधेश प्रदेश इन्चार्ज महेन्द्र राययादव, सह-इन्चार्ज विश्वनाथ साह एवं सहसंयोजक सुधिर साहको उपस्थितिमा बसेको बैठकले जिल्लाका अठारै पालकामा असार १० गते भित्र संगठनात्मक समायोजन प्रकृया टुङ्ग्याउने केन्द्रीय सदस्य सुर्यनाथ यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?