+
+
Shares

पछिल्लो पाँच महिनामा प्रोटोनले बेच्यो ८४ हजारभन्दा बढी गाडी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २३ गते १७:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अग्रणी अटोमोबाइल कम्पनी प्रोटोनले सन् २०२६ को पाँच महिनामा ८४ हजार २९४ युनिट सवारीसाधन बिक्री गरेको छ ।
  • प्रोटोनका एक्स–५०, एक्स–९० र ई–मास जस्ता मोडलहरूले आ–आफ्नो वर्गमा बजारको नेतृत्व गरिरहेका छन् ।
  • नेपालमा जगदम्बा मोटर्स प्रालिअन्तर्गत रहेको प्रोटोन ई–मासले आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै लगेको छ ।

२३ जेठ, काठमाडौं । अग्रणी अटोमोबाइल कम्पनी प्रोटोनले सन् २०२६ को पाँच महिनामा ८४ हजार २९४ युनिट आफ्ना सवारीसाधन बिक्री गरेको छ ।

यससागै विश्व बजारमा आफ्नो उपस्थिति झनै मजबुद भएको कम्पनीले जनाएको छ । उक्त अवधिमा भएको ब्रिकि अनुपान समग्र बजारमा भइरहेका अन्य कम्पनीको भन्दा उच्च रहेको कम्पनीको दाबी छ ।

प्रोटोनका विभिन्न मोडेलहरूले आ–आफ्ना वर्गमा अग्रस्थान कायम राख्न सफल भएका छन् । प्रोटोन एक्स–५०, प्रोटोन एक्स–९० ले आफ्नो एसयूभी वर्गमा अग्रणी नेतृत्व कायम राखेको कम्पनीले जनाएको छ ।

योसँगै विद्युतीय सवारीसाधनतर्फ प्रोटोन ई–मासले मलेसियाको विद्युतीय (ईभी) तथा प्लग इन हाइब्रिड (पीएचईभी) बजारमा आफ्नो स्थान अझै बलियो बनाएको हो ।

कम्पनीले मलेसियाली उपभोक्ताप्रति आभार व्यक्त गरेको छ । साथै, निरन्तर विश्वास, समर्थन र साथले सफलता सम्भव भएको कम्पनीको भनाइ छ ।

नेपालमा भने प्रोटोन ई–मास जगदम्बा मोटर्स प्रालिअन्तर्गत रहेको छ ।

प्रोटोन इमासले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्दै, दिगो नवप्रवर्तन, ग्राहक सन्तुष्टि र अत्याधुनिक ईभी प्रविधिमा आफ्नो मिसन अघि बढाइरहेको जनाएको छ ।

मलेसियामा मुख्य कम्पनी रहेको प्रोटोन एन्गोला, अस्ट्रेलिया, बंगलादेश, ब्रुनाई, इजिप्ट, रिपब्लिक अफ फिजि, इराक, जोर्डन, केन्या, मौरिसस, मोजाम्बिक, नेपाल, पाकिस्तान, पपुवा न्यू गिनि, साउथ अफ्रिका, त्रिनिडाडमा विस्तार भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?