0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

करेन्ट लागेर घाइते भएका प्राधिकरण कर्मचारीको उपचारको क्रममा मृत्यु

गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका नेपाल विद्युत् प्राधिकरण गुल्मीका एक कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको मालिका गाउँपालिका–३ मा विद्युत् मर्मत गर्दा करेन्ट लागेर घाइते भएका प्राधिकरणका कर्मचारी सूर्यबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ ।
  • आइतबार दिउँसो पोलमा काम गर्दा करेन्ट लागेर भिरमा खसेका ३० वर्षीय थापाको जिल्ला अस्पताल तम्घासमा उपचारका क्रममा मृत्यु भएको हो ।

२४ जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा विद्युत् मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका नेपाल विद्युत् प्राधिकरण गुल्मीका एक कर्मचारीको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा मालिका गाउँपालिका–५ छापाहिले निवासी ३० वर्षीय सूर्यबहादुर थापा रहेका छन्।

आइतबार दिउँसो करिब साढे २ बजे विद्युतको पोलमा चढेर मर्मत कार्य गरिरहेका बेला उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि थापा पोलबाट करिब ५०० मिटर तल रहेको भिरतर्फ खस्न जाँदा गम्भीर घाइते भएका थिए।

प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पठाएको थियो।

तर उपचारको क्रममा साँझ करिब ६ः५० बजे उनको मृत्यु भएको डीएसपी बीरेन्द्र वीर विश्वकर्माले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ भने मृतकको शव जिल्ला अस्पताल तम्घासमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?