0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रवि लामिछानेले दलहरूलाई गराए भारत भ्रमणबारे जानकारी

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १२:०८

२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनीतिक दलहरूलाई जानकारी गराएका छन् ।

उनले सिंहदरवारमा सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् ।

‘उहाँ (रवि लामिछाने)ले आफ्नो भारत भ्रमणको बारेमा दलहरूलाई जानकारी गराउनुभयो’ सर्वदलीय बैठकपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।

लामिछानेले यही जेठ १८ गतेदेखि पाँच दिने भारत भ्रमण गरेका थिए । भ्रमणका क्रममा क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । भारतबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक राखेर भ्रमणबारे जानकारी गराएका हुन् ।

राप्रपा अध्यक्ष लिङ्देनका अनुसार उनले रास्वपालाई परिपक्व व्यवहार देखाउन पनि सुझाव दिएका छन् । बैठकको बीचमै बाहिर निस्किएर उनले पत्रकारहरुलाई भने, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरु देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापाको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?