0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बैतडीमा जिप दुर्घटना, दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १४:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीमा सोमबार म १ ज १३९ नम्बरको जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
  • दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक कर्णबहादुर बोहरा र बागमती साउदलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।

२५ जेठ, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

जिल्लाको पुर्चौडीबाट सिल्लेगडातर्फ जाँदै गरेको म १ ज १३९ नम्बरको जिप सोमबार दोगडाकेदार गाउँपालिका–३ कुकुडेपानीस्थित भित्री कच्ची सडकखण्डमा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा परी जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेहीका ३० वर्षीय कर्णबहादुर बोहरा र  पुर्चौडी नगरपालिका–८ की २४ वर्षीया बागमती साउद घाइते भएका छन् । घाइते मध्ये चालक बोहराको अवस्था गम्भीर रहेको छ ।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?