0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

डोटीका नौ स्थानीय तहमा १५ करोड बेरुजु थपियो

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लामा आर्थिक वर्ष (२०८१/०८२) मा १५ करोड सात लाख २६ हजार ८१७ रुपैयाँ बेरुजु थपिएको छ ।

रामहरि ओझा रामहरि ओझा
२०८३ जेठ २५ गते १५:०९

२५ जेठ, डोटी । डोटी जिल्लाका स्थानीय तहहरूमा बेरुजु रकम बढ्दैगएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको स्थानीय तहको लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लामा आर्थिक वर्ष (२०८१/०८२) मा १५ करोड सात लाख २६ हजार ८१७ रुपैयाँ बेरुजु थपिएको छ ।

जिल्लाका नौ स्थानीयतहमध्ये गत आर्थिक वर्षमा पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी तीन करोड ४७ लाख ७१ हजार ५८० रुपैयाँ बेरुजु थपिएको हो ।

दोस्रोमा सायल गाउँपालिकाले तीन करोड २४ लाख २४ हजार ९१८ रुपैयाँ बेरुजु थपेको छ ।

यस्तै, जोरायल गाउँपालिकामा दुई करोड ३८ लाख ५१ हजार ५७६ रुपैयाँ, शिखर नगरपालिकामा एक करोड ६६ लाख ५७ हजार २४४, आदर्श गाउँपालिकामा एक करोड ४३ लाख पाँच हजार १६ र केआईसिंह गाउँपालिकामा एक करोड २३ लाख सात हजार ३१५ रुपैयाँ बेरुजु थपिएको छ ।

बडीकेदार गाउँपालिकामा ७२ लाख ३७ हजार ५३५, दिपायल सिलगढी नगरपालिकाले ५४ लाख ६४ हजार २०० सय र बोगटान फुड्सिल गाउँपालिकामा ३७ लाख ७ हजार ४२२ बेरुजु थपिएको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

१२ करोड ९४ लाख फर्स्यौट

गत आर्थिक वर्षमा स्थानीय तहहरुले विगतको केही बेरुजु फर्स्यौट गरेको पनि देखिएको छ । जिल्लाको जोरायल गाउँपालिकाले उक्त अवधिमा सबैभन्दा बढी १० करोड तीन लाख ८७ हजार १४९ रुपैयाँ बेरुजु फर्स्यौट गरेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । यस पालिकाको आर्थिक वर्ष २०८०/०८१ सम्ममा १७ करोड १० लाख ९८ हजार तीन सय ३३ रहेको थियो ।

बेरुजु रकम घटाएका अन्य पालिकाहरुमा पूर्वीचौकी गाउँपालिकाको एक करोड २४ लाख ७९ हजार ५९७, दिपायल सिलगढी नगरपालिकाको ९४ लाख ७१ हजार ९७५, बडीकेदार गाउँपालिकाको सात लाख ८६ हजार ७६१, शिखर नगरपालिकाले ६२ लाख ७६ हजार ४४५ र सायल गाउँपालिकाको २२ हजार रुपैयाँ रहेको छ ।

जिल्लाका तीन पालिकाहरू आदर्श गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र के आई सिंह गाउँपालिकामा गत बर्ष बेरुजु रकम घटाएको देखिँदैन ।

एक अर्ब ३० करोड बेरुजु : कुन पालिकाको कति ?

जिल्लाका नौ वटै स्थानीय तहमा कुल बेरुजु रकम एक अर्ब ३० करोड ६९ लाख ५४ हजार ४७ रहेको छ ।

सवैभन्दा बढी शिखर नगरपालिकाको बेरुजु देखिएको छ । यस पालिकामा आर्थिक बर्ष २०८१/०८२ सम्मको कुल बेरुजु रकम २७ करोड २० लाख ३० हजार नौ सय ६५ रहेको छ । यो रकम जिल्लाका स्थानीय तहको कुल बेरुजु रकमको करिब २१ प्रतिशत हुन आउँछ ।

नौ पालिकामध्ये सबैभन्दा कम बेरुजु दिपायल सिलगढी नगरपालिकामा देखिएको छ । यस पालिकामा सात करोड ८५ लाख १५ हजार १७८ रहेको छ ।

बडीकेदार गाउँपालिकाको कुल बेरुजु रकम १८ करोड १७ लाख ९१ हजार ७६२ रहेको छ । यस्तै, बोगटान फुड्सिल गाउँपालिकाको १५ करोड ८२ लाख ४५ हजार १९७, सायल गाउँपालिकाको १५ करोड ४७ लाख ३४ हजार ९१८ र पूर्वीचौकी गाउँपालिको १५ करोड २८ लाख ४४ हजार ४३२ रहेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

आदर्श गाउँपालिकामा १२ करोड ९२ लाख १९ हजार ९, जोरायल गाउँपालिकामा नौ करोड ४५ लाख ६२ हजार ७६० र केआईसिंह गाउँपालिकामा आठ करोड ५० लाख नौ हजार ८२६ रुपैयाँ बेरुजु रकम रहेको देखिएको छ ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?