0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

बुद्ध एयरले ‘रोयल क्लब’ सदस्यलाई १२ सयसम्म छुट दिने

अफरको लाभ लिन रोयल क्लब सदस्यले टिकट बुकिङ गर्दा अनिवार्य आफ्नो रोयल क्लब नम्बर इन्ट्री गर्नुपर्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुद्ध एयरले आफ्ना 'रोयल क्लब' सदस्यका लागि १ असारदेखि लागू हुने गरी लामो दुरीका उडानमा विशेष छुट सार्वजनिक गरेको छ ।
  • यस योजना अन्तर्गत धनगढी उडानमा १ हजार २ सय, नेपालगञ्जमा १ हजार र भद्रपुर उडानमा ८ सय रुपैयाँसम्म छुट पाइने छ ।
  • कम्पनीले रोयल क्लब सदस्यलाई मोबाइलबाट विश्वकप हेर्न 'डीजीओ' एपको नि:शुल्क फिफा वर्ल्डकप सब्सक्रिप्सन उपलब्ध गराउन सम्झौता गरेको छ ।

२५ जेठ, काठमाडौं । बुद्ध एयरले आफ्ना ‘रोयल क्लब’ सदस्यका लागि ‘गज्जबको डिस्काउन्ट अफर’ सार्वजनिक गरेको छ ।

१ असारदेखि लागु हुने यस अफर अन्तर्गत लामो दुरीका गन्तव्य धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट हुने भएको छ । अफर अनुसार धनगढी उडानमा १ हजार २ सय, नेपागञ्ज १ हजार तथा भद्रपुर उडानमा ८ सयसम्म छुट प्रदान गरिने छ । छुट दुईतर्फी उडानमा लागु हुनेछ । विज्ञप्तिमा यो अफर सिमित अवधिका लागि लागु गरिएको जनाइएको छ ।

अफरको लाभ लिन रोयल क्लब सदस्यले टिकट बुकिङ गर्दा अनिवार्य आफ्नो रोयल क्लब नम्बर इन्ट्री गर्नुपर्ने छ । रोयल क्लब माइलेज आईडी इन्ट्री नगरिएका बुकिङमा यो अफर लागु हुने छैन ।

छुटका लागि रोयल क्लब माइलेज आईडी नम्बर इन्ट्री गर्न यात्रुले आफ्ना ट्राभल पार्टनर/एजेन्सीलाई अनुरोध गर्न कम्पनीले भनेको छ ।

बुद्धको रोयल क्लब सदस्यता वेबसाइट वा मोबाइल एपमार्फत लिन सकिने भएको छ । रोयल क्लबका सदस्यले ५ किलो अतिरिक्त लगेज सुविधा प्राप्त गर्नुका साथै सुपरमार्केट, ग्रोसरी पसल, होटल, रिसोर्ट, गिफ्ट शपबाट माइलेज प्वाइन्ट प्रयोग गरी छुट प्राप्त गर्न सक्नेछन् ।

बुद्धले देशका विभिन्न भागमा दैनिक ६ दर्जनभन्दा बढी उडान सञ्चालन गर्दै आएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ भारत बनारसमा साताका सोमबार, बुधबार र शुक्रबार तथा कोलकातातर्फ आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान गरिरहेको छ ।

रोयल क्लब यात्रु सदस्यलाई नि:शुल्क फिफा वर्ल्डकप सब्सक्रिप्सन

बुद्ध एयरले आफ्ना यात्रुका लागि सजिलै मोबाइलबाटै विश्वकप फुटबलका म्याच हेर्न एचटीभी–दिगो ब्रोडकास्टिङ कन्सोर्टियम जेभीसँग सम्झौता गरेको छ ।

डीजीओ एपबाट फिफा वर्ल्डकपका सम्पूर्ण खेलका आनन्द लिन रोयल क्लबका सदस्यले फ्रि सब्सक्रिप्सन पाउनेछन् । बुद्धले आफ्ना  रोयल क्लबका सदस्यलाई आगामी ४ सातासम्म हरेक साता सयौँका दरले सब्सक्रिप्सन प्रदान गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?