News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
- झुटा कागजात पेस गरी अरूको छोरीलाई आफ्नो छोरी बनाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा सिंहसहितका व्यक्तिहरूमाथि सो मुद्दा दायर गरिएको हो ।
- भ्रष्टाचारको मुद्दा खेप्ने वीरगञ्जका मेयर सिंह नेपालकै पहिलो महानगर प्रमुख हुन् ।
२५ जेठ, काठमाडौं । झुटा कागजातका आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाई नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले वीरगञ्ज महानगरपालिकाका मेयर सिंह र सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, वीरगञ्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय र वडा सदस्य तुफैल अख्तर ठकुराई अनि जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेल विरुद्ध मुद्दा चलाएको हो ।
अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेल विरुद्ध पनि मुद्दा चलाएको छ ।
वीरगञ्ज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परी धरौटीमा छुटेका थिए । भ्रष्टाचारको आरोप खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर हुन् ।
प्रतिक्रिया 4