0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

रास्वपा डोटी सभापतिमा दोहोरिए बलायर

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २५ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीको जिल्ला अधिवेशनबाट केशव बलायर पुनः सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
  • डोटीको राजपुरस्थित सेती सभाहलमा सम्पन्न पहिलो अधिवेशनले बलायरको नेतृत्वमा १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ ।
  • नवगठित समितिको उपसभापतिमा धनबहादुर बोहरा, सचिवमा विष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठ चयन भएका छन् ।

२५ जेठ, डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटी सभापतिमा केशव बलायर दोहोरिएका छन् ।

सोमबार डोटीको राजपुरस्थित सेती सभाहलमा सम्पन्न जिल्ला अधिवेशनले बलायरलाई सभापतिमा पुनः चयन गरेको हो । आकांक्षीहरूबीच सहमति जुटेपछि बलायर पुनः सभापतिमा दोहोरिने अवसर मिलेको हो ।

डोटीको शिखर नगरपालिका–११ निवासी बलायर रास्वपा डोटीका संस्थापक सदस्य हुन् । २०७९ सालमा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बलायर रास्वपाको तर्फबाट उम्मेदवार समेत भएका थिए । उक्त निर्वाचनमा उनले सात सय ७४ मत प्राप्त गरेका थिए ।

पहिलो अधिवेशनले १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिका उपसभापतिमा धनवहादुर बोहरा, सचिवमा बिष्णु खड्का, सहसचिवमा डिल्लीराज भट्ट र कोषाध्यक्षमा शारदा श्रेष्ठलाई चयन गरेको छ ।

सदस्यहरूमा मोहना साउँद, टेक बोगटी, इन्द्र खड्का, खिमबहादुर बिठाडी, लाल भुल, केशव परियार, कविराम खत्री र सन्तोष भण्डारी चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?