२५ जेठ, काठमाडौं । कञ्चनपुरमा सोमबार दिउँसो ईभी भ्यान दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । वेदकोट नगरपालिका–०३ दैजीस्थित महेन्द्र राजमार्गमा दिउँसो ३ बजेतिर उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ज ४९६ नम्बरको ईभी भ्यान अनियन्त्रित भई नालामा पल्टिएको हो ।
प्रहरीले उक्त भ्यानमा चालकसहित १७ जना सवार रहेको जनाएको छ । घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
घाइतेहरूमा कृष्णपुर नगरपालिका– ९ पिपरियाका ४३ वर्षीय पुष्करराज गिरी, वेदकोट–१० नयाँगाउँका २० वर्षीय जीवनसिंह कडाल, कैलाली टीकापुर नगरपालिका–९ खैरीफाटाकी ४५ वर्षीया राधादेवी शाह, धनगढी उपमहानगरपालिका–५ हसनपुरकी २५ वर्षीया सम्झना सिंह, धनगढी–४ उत्तर बेहडीकी ६१ वर्षीया सरस्वतीदेवी कुँवर, धनगढी–६ हसनपुरकी ५५ वर्षीया विष्णु सिंह, धनगढी–६ की १७ वर्षीया आशिका कुँवर, १६ वर्षीया पुष्पा बोहरा, दार्चुलाको महाकाली नगरपालिका–१ फापरीका ६० वर्षीय गजेन्द्रसिंह कुँवर, सोही ठाउँकी ३२ वर्षीया सुमित्रा कुँवर, डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बडमकी ५५ वर्षीया ईश्वरीदेवी भुल, उनका २२ वर्षीय छोरा सुनिल भुल र डडेलधुराको अजयमेरु गाउँपालिका–६ कानाकोटका २८ वर्षीय पुष्पराज पन्त रहेका छन् ।
प्रतिक्रिया 4