0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

ग्लोबल आईएमई बैंक र भाटभटेनीबीच सहकार्य, ग्राहकले किस्ताबन्दीमा सामान किन्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच ग्राहकलाई सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
  • बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम १५ हजार रुपैयाँको खरिदमा १८ महिनासम्मको अवधि छनोट गरी ब्याजविना किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।
  • भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकका लागि १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्म क्रेडिट सीमा भएको विशेष क्लब कार्ड जारी गरिनेछ ।

२६ जेठ, काठमाडौं । ग्लोबल आईएमई बैंक र भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकलाई भाटभटेनीका सम्पूर्ण स्टोरबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई (किस्ताबन्दी) सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने र ग्राहकलाई आधुनिक वित्तीय सेवा दिने उद्देश्यले दुई संस्थाबीच व्यावसायिक सहयकार्य भएको हो ।

सम्झौता बमोजिम बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले न्यूनतम १५ हजार रुपैयाँ वा सो भन्दा बढीको खरिदमा तत्कालै किस्ताबन्दी सुविधा पाउनेछन् । यसका लागि कुनै अतिरिक्त कागजी प्रक्रिया आवश्यक पर्ने छैन ।

ग्राहकले आफूलाई अनुकूल हुने गरी ३, ६, ९, १२ वा १८ महिनासम्मको अवधि छनोट गरी रकम भुक्तानी गर्न सक्नेछन् । यस किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क नलाग्ने बैंकले स्पष्ट पारेको छ ।

यो सुविधाबाट विशेष गरी इलेक्ट्रोनिक्स तथा ठूला सामग्री खरिद गर्ने ग्राहकलाई तत्काल पर्ने आर्थिक भार कम हुने र योजनाबद्ध रुपमा भुक्तानी गर्न सहज हुने छ ।

साथै, यस सहकार्य अन्तर्गत भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकको कारोबार इतिहास र आर्थिक व्यवहारका आधारमा विशेष ग्लोबल बीबीएसएम क्लब कार्ड (क्रेडिट कार्ड) जारी गरिने भएको छ ।

भाटभटेनीमा नियमित खरिद गर्ने ग्राहकले आफ्नो आर्थिक वर्ष तथा पछिल्लो ३ महिनाको कारोबार इतिहासका आधारमा १ लाख ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा भएको कार्ड प्राप्त गर्न सक्नेछन् । सुरुवातमा यो कार्ड बीबीएसएम तथा यसका नेटवर्कमा मात्र प्रयोग गर्न सकिनेछ ।

उक्त कार्डमार्फत् ग्राहकले थप सहज भुक्तानी सुविधा, विशेष अफर, छुट तथा भविष्यमा सञ्चालन हुने विभिन्न ग्राहक लक्षित योजनाका लाभ लिन सक्नेछन् ।

ग्लोबल आईएमई बैंक र भाटभटेनीबीचको यो सहकार्यले डिजिटल भुक्तानी प्रवद्र्धन, आधुनिक वित्तीय सेवाको विस्तार तथा ग्राहकलाई थप लाभ दिने उद्देश्य लिइएको बैंकले जनाएको छ ।

दुबै संस्थाले अगामी दिनमा संयुक्त रुपमा विभिन्न आकर्षक छुट, क्यासब्याक, रिवार्ड तथा विशेष ग्राहक केन्द्रित योजना सञ्चालन गर्दै ग्राहकलाई थप लाभ प्रदान गर्ने योजना बनाएका छन् । यो योजनामा आईएमएस सफ्टवेयर प्रालिले प्राविधिक साझेदारको रुपमा सहकार्य गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?