+

कविराज खड्गी डब्लूटी इन्टरनेश्नल पुम्से कोचमा सफल

२०८३ जेठ  २६ गते २०:३८ २०८३ जेठ २६ गते २०:३८
कविराज खड्गी डब्लूटी इन्टरनेश्नल पुम्से कोचमा सफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय पुम्से तेक्वान्दो प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक बनेका छन् ।
  • खड्गीले विश्व तेक्वान्दो महासंघको अनलाइन कोर्ष पूरा गरी परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेपछि यो प्रमाणपत्र प्राप्त गरेका हुन् ।
  • नेपाल तेक्वान्दो संघका अध्यक्ष दीपराज गुरुङले प्रशिक्षक खड्गीलाई औपचारिक रूपमा सो प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

२६ जेठ, काठमाडौं । राष्ट्रिय पुम्से तेक्वान्दो टिमका प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली तेक्वान्दो प्रशिक्षक बन्न सफल भएका छन् ।

खड्गी राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारी द्धारा सञ्चालित मिशन २०२६ को विशेष प्रशिक्षण कार्यक्रमका प्रशिक्षक समेत हुन् ।

उन्ले विश्व तेक्वान्दो महासंघ (डब्लू टी)को कार्यक्रम अनुसार सन् २०२६ में १५ देखि २१ सम्म अनलाईन मार्फत सञ्चालन भएका डब्ल्यूटी पुम्से कोच सटिफिकेशन कोर्ष अध्ययन गरी परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका हुन् ।

अन्तराष्ट्रिय सटिफिकेशन पुम्से कोर्समा पुम्से तेक्वान्दो क्षेत्रमा प्राविधिक ज्ञान र प्रशिक्षण विशेषज्ञताको उच्च स्तरलाई प्रतिबिम्बित गर्दछ ।

यो महत्वपूर्ण उपलब्धिलाई नेपाल तेक्वान्दो संघको कार्यालयमा संघका अध्यक्ष दीपराज गुरुङ्गले औपचारिक रुपमा प्रमाणपत्र हस्तान्तरण गरे ।

अध्यक्षले प्रशिक्षक खड्गीलाई यो उपलब्धिको लागि बधाई ज्ञापन गर्दै राष्ट्रिय पुम्से तेक्वान्दो टिमको तयारीको लागि शुभकामना समेत दिए ।

चीनको हाङजाउमा सम्पन्न भएको १९औं एशियाली खेलकुदमा पनि पुम्से प्रशिक्षकको रुपमा सहभागी भएका थिए ।

जापानको आइची नागोयामा सञ्चालन हुने २०औं एसियाली खेलकुदका लागि पुम्से टिम तयारी गरिरहेको नेपाल तेक्वान्दो संघले जानकारी दिएको छ ।

कविराज खड्गी तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय