+

यू-१६ क्रिकेटको फाइनलमा वर्षा बाधक, बुधबार पुनः हुने

२०८३ जेठ  २६ गते २१:१९ २०८३ जेठ २६ गते २१:१९
यू-१६ क्रिकेटको फाइनलमा वर्षा बाधक, बुधबार पुनः हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेस्रो संस्करणको ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।
  • नेपाल पुलिस स्कुल र डीएभीबीचको स्थगित खेल मङ्गलवार बिहान ७ बजेदेखि सोही अवस्थाबाट पुनः सुरु गरिने आयोजकले जनाएको छ ।
  • काठमाडौँ जिल्ला क्रिकेट सङ्घद्वारा आयोजित प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

२६ जेठ,  काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनायो । पुलिसका लागि मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाए भने श्याम बाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रनको योगदान दिए ।

सुशील केडिया विश्व भारती स्कुल डीएभीका कमल शाहीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । कुञ्जन आचार्य र प्रसिद्ध जैशीले समान २–२ विकेट हात पारे ।

१०२ रनको लक्ष्य पछ्याएको डीएभीले ४.१ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो । डीएभीका लागि आरुष झा ७ रनमा तथा बिराज जैसवाल शून्य रनमा अविजित छन् । प्रसिद्ध जैशी ६ तथा सत्यम बस्नेत २ रन बनाएर आउट भएका थिए ।

वर्षा नरोकिएपछि खेल मंगलबार बिहान ७ बजेबाट सोही अवस्थाबाट पुनः सुरु गरिने आयोजकले जनाएको छ ।

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

जयकुमारनाथ शाह मेमोरियल यू–१६ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय