+
एसीसी महिला प्रिमियर कप :

थाइल्यान्डले नेपाललाई दियो १३१ रनको लक्ष्य

२०८३ जेठ  २७ गते ८:३९ २०८३ जेठ २७ गते ८:३९
थाइल्यान्डले नेपाललाई दियो १३१ रनको लक्ष्य

२७ जेठ, काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्‍वाटरफाइनलमा थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको हो ।

थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलिन् । उनले ५१ बलमा अविजित ६३ रन बनाइन् । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन् ।

नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।

एसिया कपमा छनोट हुनका लागि नेपालले यो खेल जित्नुपर्नेछ ।

एसीसी महिला प्रिमियर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय